रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप-२०२३ थाइल्याण्डमा

काठमाडाैं | माघ १८, २०७९

रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप-२०२३ थाइल्याण्डमा

काठमाडौँ:   रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप–२०२३ थाइल्याण्डको पुकेटमा सम्पन्न भएको छ । 


जिनस इनोभेसन लिमिटेड भारतको आधिकारिक बिक्रेता रहेको रेपिड ग्रुप प्रालि काठमाडौंले जिनस ब्राण्डका युपिएस ब्याट्री, सोलार सम्बन्धी सामग्री नेपालभर बिक्री बितरण गर्दै आइरहेको छ । 


नेपालभरिका ४१ डिलरलाई थाइल्याण्डको पुकेटमा जमघट गराएर जिनस बिजनेस पार्टनर मिट गरेको हो । जिनस इनोभेसन लि. इण्डियाको तर्फबाट प्रतिनिधि हेड इन्टरनेसनल बिजनेस अनुप श्री वास्तव तथा इन्टरनेशनल हेड म्यानेजर प्रमोद दुवेले कम्पनीको तर्फबाट जानकारी गराएका थिए । 


जिनस इनोभेसनका सीईओ पंकज रासतोगीले भर्चुअल मार्फत् स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै आर एण्ड डि हेड तरुण गुप्ताले जिनस ब्राण्डका उत्पादन, नयाँ ब्राण्डिङ, नयाँ प्रविधिबारे जानकारी गराए । 


योजना तथा उत्पादन प्रमुख पारमाभिर सिंहले भर्चुअल माध्यमबाट ४१ डिलरलाई फ्याक्चेमा उत्पादन हुने ब्याट्री,युपिएस तथा सोलार प्यानल ब्याट्री भिजिट लाइभ मार्फत जानकारी गराए । 


नेपालका तर्फबाट रेपिड गु्रप प्रालिले जिनस इनोभेसन लि.का प्रतिनिधि अनुप श्री वास्तवा र प्रमोद दुवेलाई रेपिड गु्रपका डाइरेक्टरद्धय राजु दाहाल, गणेश पौडेल र अध्यक्ष बुद्धिराज तिमिल्सिनाले सम्मान गरेका थिए । साथै, ४१ जना नेपालका डिलरलाई थप सहकार्य र प्रगतिको शुभकामना सहित मायाको चिनो प्रदान गरिएको थियो । 


साथै, बिक्री पछिको सेवालाई मध्यनजर गरेर हाल काठमाडौं र इटहरीमा सर्भिस सेन्टर रहेको र अबका दिनमा बुटवल, नेपालगञ्जमा समेत सर्भिस सेन्टर राखेर सेवामुलक बिक्री वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्